विप्लव नेकपाका ५२३ मुद्दा फर्स्योट, अब ८७ मुद्दा मात्र बाँकी !

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग भएको सम्झौता पूरा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

सोमबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल कम्युनिस्ट पार्टीको वार्ता टोलीले सरकारसँग ०७७ फागुन २० मा गरेको सम्झौताअनुसार अहिलेसम्म ५२३ मुद्दाहरू फर्स्योट भइसकेको जानकारी दिए ।

उनलै नेपाल कम्युनिस्ट पार्टीमाथि कुल ६१० वटा मुद्दा लागेको बताए । उनले अब ८७ वटा मुद्दा फर्स्योटको क्रममा रहेको बताए । मन्त्री कोइरालाले ६० जिल्लामा नेपाल कम्युनिसंट पार्टीसँग सम्बन्धित मुद्दाहरू रहेको उल्लेख गर्दै अदालतमा चलेका मुद्दाहरूमा पनि ११९ मुद्दा फैसला भइसकेको बताए ।

पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह र सरकारबीच भएको तीन बुँदे सहमति पूरा गर्नका लागि कार्यान्वयनमा प्रतिवद्ध रहेको बताए ।


Published :७ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media