अनधिकृत संरचनामाथि महानगरले चलायो डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुन्धारास्थित काठमाडौँ मलमा बनेको अनधिकृत संरचना हटाएको छ ।

बुधबार विहान मेयर बालेन्द्र साह (बालेन) को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि सो स्थानमा पुगेको छ । काठमाडौँ मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा छ । यो भवन भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेको थियो । जसले भूमिगत पार्किङमा समस्या थपेको छ ।

 


Published :८ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media