मापसे गरी सवारी चलाउने १७४ जना कारबाहीमा  

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन २ हजार ७३४ जना सवारी चालकमाथि कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा मंगलबार कारवाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मंगलबार नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले नेपाल बन्दको आव्हान गरेको थियो । सोही दिन उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएकोमा १७४ जनामाथि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा लने अनुशासन पालना नगर्ने ५६, रेड लाइटमा सवारी साधन चलाउने ६२, निषेधित क्षेत्रमा हर्न बजाउने ८४ र नम्वर प्लेट राम्रोसँग नराख्ने २५ जना सवारी चालक रहेका छन्। यस्तै, २ हजार ३३३ जनालाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।


Published :८ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media