सिट बाँडफाँडमा बार्गेनिङ गरिरहे गठबन्धन टुट्न सक्ने कांग्रेसको चेतावनी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनमा आफ्नो पार्टी आगामी निर्वाचनको लागि १०० सिटभन्दा तल नझर्ने अडान लिएका छन् ।

सत्ता गठबन्धनको बैठकमा आक्रामक रुपमा प्रस्तुत हुने गरेका थापाले सत्ता गठबन्धनमा आवद्ध अन्य दलले कांग्रेससँग बार्गेनिङ गरेको भन्दै आफ्नो पार्टीले १०० सिटभन्दा एक सिट पनि तल झरेर भागबण्डा नगर्ने अडान प्रस्तुत गरेका छन् ।

पछिल्लो समय गठबन्धनमा आवद्ध अन्य दलका नेताहरुले भने ६०/४० को रेसियोमा जानुपर्ने अडान लिएका छन् । तर, थापाले भने कांग्रेस कमजोर हुनेगरी गठबन्धन नगर्ने र आफूहरुसँग बार्गेनिङ गरिरहे गठबन्धन नै टुट्न सक्ने चेतावनी दिएका छन् ।

सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँडमा ०७४ को सिटअनुसार गर्नेबारे सहमति हुन लागेको चर्चा छ । सत्ता गठबन्धनको महत्वपूर्ण घटक नेकपा (माओवादी केन्द्र) ले कांग्रेससँग सिटमा बार्गेनिङ गरिरहेको कांग्रेस नेताहरुको आरोप छ । यस्तो अवस्थामा थापाले अन्य दलले सिटमा बार्गेनिङ गरिरहे गठबन्धन नै टुट्न सक्ने चेतावनी दिएका हुन् ।


Published :भदौ ७, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media