एमालेको पोलिटब्युरो बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ । केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न पालिट्ब्युरो बैठक बस्न लागेको हो ।

मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले आजका लागि पोलिटब्युरो बैठक बोलाएको थियो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु हुने केन्द्रीय कमिटीको पाँचौ बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी दिने बताइएको छ ।

१२ गते पार्टीको निर्वाचन परिचालन कमिटीको बैठक बस्नेछ । निर्वाचन मिति नजिकिएसँगै एमालेले आफ्ना गतिविधि पनि निर्वाचन लक्षित बनाउँदै लगेको छ ।


Published :९ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media