एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले आज पार्टी पुनर्गठन दिवस मनाउने भएको छ ।

एकीकृत समाजवादीले निर्वाचन आयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रूपमा मनाउन लागेको हो ।

गत वर्ष नेकपा (एमाले) बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएकोमा भदौ ९ गते सो पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो ।

बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बिहीबार दिउँसो १ बजे बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा पुनर्गठन दिवस मनाउन लागिएको जानकारी दिए ।

उनले आफूहरूको पार्टी पुनर्गठनपछि पहिलो परिणाम प्रतिगमनकारी एमालेको झुण्डलाई सत्ताबाट झारेको र लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा उभ्याएर संविधान जोगाएको बताए । उनले पार्टीले हालसम्म पाँच लाख सदस्यता वितरण गरिसकेको दाबी गरे ।


Published :९ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media