काठमाडौं । अनधिकृत संरचना हटाउन बिहीबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सहितको टोली शंखमूल र बानेश्वरमा पुगेको छ ।
अहिले मेयर बालेनसहित डीआईजी मीरा चौधरी शंखमूल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकनमा पुगेका छन् । अवलोकनअगाडि काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेर अनधिकृत संरचना बनाएको ठाउँमा मेयरसहितको टोली पुगेको हो ।
बालेन नेतृत्वको टोलीले अवैध संरचनामा खुलेका पसलहरूको अवलोकन गरिरहेको छ । बालेन नेतृत्वको टोलीले व्यवसायीहरुलाई घरबेटीलाई बेसमेन्ट पार्किङका लागि भनेर जानकारी गराउनुस् भन्दै सटर लगाएर प्याकिङ गर्न निर्देशन दिएको छ । बालेन नेतृत्वको टोलीले आजै बानेश्वरको अल्फाबिटामा पनि अनुगमन गर्ने भएको छ ।