महानगरले चलायो अल्फाबिटाको अवैध संरचनामाथि डोजर

काठमाडौं । नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामाथि काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

अवैध संरचनाहरु हटाउने अभियान चलाएका मेयर बालेन साह बिहीबार विहान बानेश्वर क्षेत्रको अनुगमनमा आएका थिए । उनले अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन निर्देशन दिएका थिए । अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरेको मात्र जिकिर गरेनन्, मेयरलाई डन नबन्न चेतावनी समेत दिएका थिए । मेयर बालेनले घरको नक्सा देखाउन आग्रह गर्दा उल्टो महानगरमा हुनुपर्ने बताएका थिए ।

विवादपछि फर्किएका मेयर बालेन घरको नक्सा र डोजर लिएर अल्फाबिटा पुगे । अल्फाबिटाका प्रतिनिधिले आफ्नो गल्ती स्वीकार गर्दै समय मागेका थिए । तर महानगरको टोलीले त्यसलाई सुनेन र अवैध रुपमा चलाएको सटर हटाएको छ । फार्मेसी खाली गर्न लगाएर महानगरको टोलीले अवैध रुपमा बनाएको संरचनामा डोजर चलाएको हो ।


Published :९ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media