अनेमसंघ बूढानीलकण्ठ- ११ को तिज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

बूढानीलकण्ठ । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघले बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ मा तिज बिशेष भव्य कार्यक्रम सम्पन्न गरेको छ। वडा नम्बर ११ भरिका सयौं  महिलाको उपस्थितिमा उक्त  कार्यक्रम सम्पन्न भएको थियो ।   

अनेमसंघ कि केन्द्रिय सदस्य रत्ना गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता वडा नम्बर ११ अखिल नेपाल महिला संघकि अध्यक्ष गिता मिश्र पुडासैनीले गरेकी थिइन् भने कार्यक्रमको सन्चालन सचीव अनिता सापकोटाले गरेकी थिइन् । 

कार्यक्रममा प्रमुख अतिथि रत्ना गुरुङ , वडा नम्बर ११ का वडाध्यक्ष राजु अधिकारी , सभाध्यक्ष गिता मिश्र पुडासैनीले आफ्नो मन्तव्य राखेका थिए। वडा नम्बर ११ महिला संघको मात्र कार्यक्रम भएपनि ठुलो संख्यामा महिला सहभागीहरुको उपस्थिति रहेको थियो । सहभागी देखेर आयोजकहरु व्यापकरूपमा उत्साहित देखिन्थे भने नेकपा एमालेबाट प्रदेश सदस्य दावेदरहरु उद्दव खरेल , जयराम थापा , बिदुर बिक्रम खड्का , श्रीकृष्ण श्रेष्ठ , सङ्गम गहतराज लगायतको उत्साहजनक उपस्थिति रहेको थियो ।


Published :भदौ ८, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media