एमालेले तयार गर्‍यो उम्मेदवार छनोटका मापदण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावका लागि उम्मेदवार छनोटका मापदण्ड तयार गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको पोलिटब्युरो बैठकले उम्मेदवार छनोटका लागि पाँच मापदण्ड तयार गरेर पारित गरेको हो ।

एमालेले तयार गरेको मापदण्ड अनुसार उम्मेदवार हुने व्यक्तिका लागि पार्टीको नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, सो व्यक्तिले आन्दोलनमा दिएको योगदान र पार्टीप्रतिको निष्ठा, लोकप्रियता र विजयको सुनिश्चितता, संविधानअनुसार समावेशिताको सिद्धान्त र संवैधानिक प्रावधान मापदण्ड चाहिने निर्णय गरेको हो  ।

ती मापदण्डमाथि केन्द्रीय कमिटीमा बैठकमा छलफल हुने र बैठकबाट अनुमोदन भएपछि आवश्यक चुनावको तयारीमा लाग्ने एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । एमालेको केन्द्रीय कमिटी बैठक भदौ १० र ११ गते बस्ने छ ।

एमाले पोलिटब्युरो बैठकले​​​​​​​ तयार गरेका उम्मेदवार छनोटका  मापदण्ड : 
१. पार्टीको नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता

२. आन्दोलनमा दिएको योगदान र पार्टीप्रतिको निष्ठा

३. लोकप्रियता र विजयको सुनिश्चितता

४.  समावेशिता

५. संविधानमा उल्लेखित प्रावधान


Published :भदौ ९, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media