“स्थानीय निर्वाचनको मतपरिणामका आधारमा सिट बाँडफाँट हुनुपर्छ”

राष्ट्रपाटी न्युज

१० भाद्र २०७९

चितवन । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा सङ्घ र प्रदेशको सिट बाँडफाँट हुनुपर्ने बताएका छन् ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, “स्थानीय निकायको निर्वाचनमा पाएको सङ्केत र सत्यताका आधारमा सिट भाग लगाउनुपर्छ ।” कांग्रेसले ९५ देखि एक सय सिट पाउनुपर्ने दाबी उनको भनाइ थियो । गठबन्धनमा रहेका दल पनि यसका लागि तयार बन्नुपर्ने उनको भनाइ थियो । अहिले गठबन्धनको विकल्प नरहेको भन्दै उनले गठबन्धनका दल सहमतिमा आउने बताए ।

निर्वाचनमा कांग्रेस होमिएको भन्दै उनले आम नेता तथा कार्यकर्तालाई निर्वाचन लक्षित कार्यक्रममा सहभागी हुनसमेत निर्देशन दिए ।


Published :१० भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media