काठमाडौं । बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा रहेको कपन बहुमुखी क्याम्पसको साधारण सभा यहि भाद्र १८ गते हुने निश्चित भएपछी बिबिध राजनीतिक चलखेल शुरु भएको छ। आगामी कार्यकालका लागि कसले नेतृत्व लिने भन्ने बिषयमा व्यापक राजनीतिक छलफल चलिरहेका छन्। यस भन्दा अगाडी लगातार तिन कार्यकाल नेकपा एमालेको तर्फबाट क्याम्पसको संचालक समितिको अध्यक्ष बनेका कुमार ओझा हाल एकीकृत समाजबादीतिर लागेपछि अहिले नयाँ राजनीतिक परिश्थितिको विकास भएको हो।
गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बूढानिलकन्ठ नगरपालिकामा प्रमुख तथा उपप्रमुख सहित यस क्याम्पस रहेको वडा सहित बिजयी भएपछि अबको संचालक समितिको अध्यक्ष एमालेले नै लिने दावी गरिरहेको छ। तर पछिल्लो समय राजनीतिक माहोल परिवर्तन भएको र केन्द्र देखि नै नेपाली कांग्रेस , माओबादी केन्द्र तथा एकीकृत समाजबादी सहितको गठबन्धन बनेपछि त्यो प्रभाव यस क्याम्पसमा समेत परेको छ।
आगामी साधारण सभाबाट पुन चौथो कार्यकालका लागि गठबन्धनले वर्तमान अध्यक्ष कुमार ओझालाइ नै अगाडी सार्ने निर्णय समेत गरिसकेको छ। एमालेले जे भनेपनि आफूहरुले उक्त निर्णयबाट पछि नहट्ने गठबन्धनका नेताहरु बताउंछन्। अहिलेको अबस्थामा बूढानिलकण्ठ नगरपालिकामा एकीकृत समाजबादीले नेतृत्व लिएको सार्वजनिक संस्था यही मात्र भएको कारण नेतृत्वबाट पछि हट्न नमिल्ने एकजना समाजबादिका स्थानीय नेता बताउंछन् । उनका अनुसार हालका अध्यक्ष कुमार ओझा चौथो पटक नेतृत्वमा आउँदा खराव म्यासेज जाने भएपनि गठबन्धनमा अन्य पार्टीले तेही अडान लिएपछि उहाँलाइ नै उम्मेदवार बनाउन लागिएको हो। उहाँको बिकल्पमा एकीकृत समाजबादीले हरिराम ढुंगाना या अशोक पाण्डेलाइ बनाउन खोजेपनि त्यो सम्भव हुन नसकेको उनको भनाइ छ।
यसैबीच एमाले पनि कुमार ओझालाई सजिलै नछोड्ने रणनीतिमा छ। बरु अन्य व्यक्तिको हकमा छलफल गर्न सकिने भएपनि उनको हकमा भने सहमति हुन नसक्ने एक एमाले नेता बताउंछन्। एमालेले हालकी उपाध्यक्ष भवानी दाहाललाइ अगाडी सार्ने बताएको छ। तर गठबन्धन एक भएर जाने अबस्थामा निर्वाचन भएमा एमाले भन्दा गठबन्धन बलियो हुने स्थिति देखिन्छ।
यसै सन्दर्भमा यहि भाद्र १० गते सम्म नयाँ सदस्य थप्ने म्याद रहेकोमा व्यापक सदस्य थपिएका छन्। बिगत दश बर्ष देखि सदस्य थप्न खासै चासो नदेखिएपनि निर्वाचन हुने अबस्था आउन सक्ने भन्दै पछिल्लो एक महिनामा ६० भन्दा धेरै सदस्य थपिएका हुन्। धेरै जसो थपिएका सदस्यहरु गठबन्धन दल समर्थकको सिफारिसमा आएको क्याम्पसका एक कर्मचारी बताउंछन्।
सार्वजनिक शैक्षिक संस्थालाई सबै मिलेर अगाडी बढाउनुको सट्टा चरम राजनीति गर्ने र आगामी मङ्सिर ४ गते हुने निर्वाचन संग जोडेर राजनीति गर्नु गलत भएको आमनागरिकहरुको बुझाइ रहेको छ ।