एमाले केन्द्रीय कमिटी बैठक: समूहगत प्रस्तुति सुरु

राष्ट्रपाटी न्युज

११ भाद्र २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा बैठक सुरु भएको हो ।

एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलबाट निस्केको निष्कर्षको प्रस्तुति सुरु भएको बताए ।

हिजोको बैठकमा प्रतिवेदनमाथि समूहगत छलफल गर्न दशवटा समूह बनाइएको थियो । अहिले समूहका नेताहरूको प्रतिवेदनमाथि समूहगत निष्कर्ष भइरहेको छ । समूहगत छलफलका लागि प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशसहित सम्पर्क समन्वय, उपत्यका विशेष, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, जनसङ्गठन तथा प्रवास र केन्द्रीय विभागमा विभाजन गरिएको छ ।

समूहगत छलफलपछि आएको सुझावको आधारमा आजै अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित गरेर बैठक सकिने उपप्रमुख रिजालले बताए ।


Published :११ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media