रत्नपार्क वरपरका अवैध संरचना भत्काउन थालियो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आइतबार रत्नपार्क वरपरका अवैध संरचना भत्काउन सुरु गरेको छ ।

आइतबार बिहान महानगरपालिकाको टोलीले रत्नपार्क वरपर फुटपाथ मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको हो । महानगरले रत्नपार्कको सब वेसँगैका संरचना भत्काइदिएको छ ।

पछिल्लो समय काठमाडौँ महानगरपालिकाले पार्किङ तथा फुटपाथ मिचेर बनाइएका संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ ।


Published :भदौ १२, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media