महानगरले भत्कायो भोटाहिटी-रत्नपार्कको अण्डरपासका अवैध संरचना

राष्ट्रपाटी न्युज

१२ भाद्र २०७९

काठमाडौँ । काठमाडौं महागरपालिकाले भोटाहिटी-रत्नपार्कको अण्डरपास सब-वेमाथिका अवैध संरचना भत्काएको छ ।

आइतबार भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काएको हो । पैदलयात्रु हिँड्ने सब-वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काएको नगर प्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।

महानगरले ठेक्का दिएको ठेकेदारले थपेको संरचना अवैध ठहर भएपछि भत्काएको बताए । यस्तै सब-वेभित्रका ७ वटा बाहेकका सबै अवैध सटर हटाइएको महानगरपालिकाले जनाएको छ । यो सब-वेमा पैदलयात्रु हिँड्रन सकस हुने गरी काठका संरचना थपेर पसलहरू राखिएका छन् । ती सबै संरचना समेत हटाइने महानगरपालिकाले जनाएको छ ।


Published :१२ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media