All Nepal Carrom Association को काठमाडौं जिल्ला समिति गठन

काठमाडौं । बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा भएको काठमाडौं जिल्ला भरिका खेलप्रेमीहरुको एक बिशेष भेलाले All Nepal Carrom Association को काठमाडौं जिल्ला समिति गठन गरेको छ। All Nepal Carrom Association का केन्द्रिय अध्यक्ष बिनिता अर्यालको बिशेष उपस्थितिमा भएको भेलाले ७ सदस्यीय जिल्ला समिति गठन गरेको हो।

उक्त भेलाले रश्मि श्रेष्ठको अध्यक्षतामा समिति गठन गरेको हो। उक्त समितिको उपाध्यक्षमा रामचन्द्र गौतम ,सचिवमा गोपी श्रेष्ठ ,कोषाध्यक्षमा इश्वरी तुलाधर श्रेष्ठ तथा सदस्यहरुमा अनिता चौलागाईं, माधव पौडेल र दिनेश चौलागाईं चयन भएका छन्।

त्यसैगरी उक्त समितिको सल्लाहकारमा बिन्दा गौतम तथा नवराज भट्टराई एबम प्रेस सल्लाहकारमा सन्तोष लुइटेल चुनिएका छन्।

उक्त समितिले काठमाडौं जिल्लाभरका क्यारम खेलाडीहरुको खोजि गर्ने र प्रतियोगितात्मक कार्यक्रम संचालन गर्ने जनाएको छ।


Published :भदौ १२, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media