बूढानिलकण्ठमा ‘वी लभ यु फाउन्डेशन’ को भव्य सरसफाई अभियान

राष्ट्रपाटी न्युज

१५ भाद्र २०७९

काठमाडौं – वी लभ यु फाउन्डेशनले आज देखि बृहत सरसफाई अभियान सुरु गरेको छ । उक्त फाउण्डेशनले बूढानिलकण्ठ नगरपालिकासँगको सहकार्यमा धोविखोला किनारमा यो अभियान शुरुवात गरेको हो। बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित चुनिखेलबाट उक्त सरसफाई अभियान सुरु गरिएको हो ।

उक्त अभियानको औपचारिक कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एबम नेकपा एमालेका स्थायी कमिटि सदस्य एबम परराष्ट्रविद् डा.राजन भट्टराईले गरेका थिए । ‘सन् २०२२ विश्वव्यापी क्लीन अभियान’ नाम दिइएको उक्त कार्यक्रम फाउण्डेशनका अध्यक्ष शोभाकर घिमिरेको अध्यक्षतामा संचालन भएको थियो भने कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाको नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा ,बिभिन्न वडाका वडाध्यक्षहरु , माननीय सुन्दर पुर्कुटी, पूर्व नगर प्रमुख एबम नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य उद्दब खरेल , पुर्व कार्यपालिका सदस्य एबम नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य संगम गहतराज, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं ४ का संयोजक विदुर विक्रम खड्का, नेकपा एमाले बुढानिलकण्ठ नगर अध्यक्ष प्रदिप डंगोल, सचिव श्रीकृष्ण श्रेष्ठ, वडा नं १० का अध्यक्ष एबम राष्ट्रिय परिषद सदस्य नवराज भट्टराई, वडा नं १३का वडा अध्यक्ष टिकेश श्रेष्ठ ,नेकपा एमालेका बिभिन्न तह र तप्काका नेताहरु , समाजसेवी , पत्रकार ,स्थानीय लगायत हजारौ युवायुवतीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले समाज रुपान्तरणको अभ्यासमा म नभएर हामी भन्ने मान्यताका साथ अगाडि बढ्नु पर्ने बताएका थिए। उनले औद्योगिकरण पछि वातावरणीय प्रभाव समेत बढ्दै गएको र यसले पृथ्वीको दीगोपनालाई कमजोर बनाएको भन्दै सुरुवाती चरणका कम्तीमा ६ महिना धोवीखोला सरसफाई अभियान संचालन गरेर नमुना कार्य गर्न सकिने बताए । उक्त कार्य गर्न ‘वी लभ यु फाउन्डेशन’संग सहकार्यका लागि समेत तयार रहेको जानकारी समेत दिएका थिए।

त्यसै गरि उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, फाउण्डेशनका अध्यक्ष शोभाकर घिमिरे तथा कार्यक्रम संयोजक रघु थापाले आफ्नो धारणा राखेका थिए।


Published :१५ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media