एमाले अध्यक्ष ओली झापा-५ बाट उम्मेदवार सिफारिस

झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन् ।

क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झाप-५ का एमाले इन्चार्ज होम थापाले जानकारी दिए ।

ओली २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै  प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।


Published :भदौ २०, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media