देउवापत्नी आरजुलाई खुसी पार्न तीजको पाँच दिनपछि दर

राष्ट्रपाटी न्युज

२० भाद्र २०७९

काठमाडौं । तीज सकिएको पाँच दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई राजदूतले दर खुवाएका छन् । जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी (दुबसु) ले देउवापत्नी राणालाई दर खुवाएका हुन् ।

राजदूत सुवेदीले आइतबार दर खुवाउने कार्यक्रम राखेर आरजुलाई प्रमुख अतिथि बनाए । तीज अघिल्लै साता सकिए पनि आरजुलाई दुबसुले पाँच दिनपछि तीजको दर खुवाएका थिए । फेसबुकमा तीजका फोटो राख्दै आरजुले दुबसु र पत्नी पुनमलाई धन्यवाद दिएकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्- ‘जापानमा अवस्थित नेपालका राजदूत श्री दुर्गाबहादुर सुवेदीज्यू तथा श्रीमती पुनम सुवेदीज्यूद्वारा तीजको अवसरमा आयोजित नेपाली चेली–बुहारीहरुको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सरिक हुन पाउँदा खुशी लाग्यो ।’


Published :२० भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media