रास्वपाको जिल्ला अधिवेशन वैशाख १५ देखि

राष्ट्रपाटी न्युज

बैशाख ६, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उहाँका अनुसार सचिवालय बैठकमा अधिवेशन सञ्चालनसम्बन्धी तयारीबारे छलफल गरिएको थियो ।
यसैबीच, रास्वपाको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । सो बैठकमा सचिवालय बैठकले गरेका निर्णयहरू अनुमोदन गर्ने कार्यसूची तय गरिएको प्रवक्ता झाले बताए ।

केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।


Published :बैशाख ६, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media