गठबन्धनमा सिट भागबण्डा मिलिसक्योः माओवादी अध्यक्ष प्रचण्ड

राष्ट्रपाटी न्युज

२० भाद्र २०७९

जनकपुरधाम । सत्ता साझेदारा दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सिटको भागबण्डा मिलिसकेको दाबी गरेका छन् । उनले सिटको भागबण्डामा सहमति भइसकेको भन्दै पर्सीसम्म कुन क्षेत्र कसको भन्ने टुंगो पनि लाग्ने बताए ।

महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा जनकपुरधाममा पार्टीको मधेश प्रदेश कमिटीले आयोजना गरेको नेता कार्यकर्ता भेटघाट कार्यक्रममा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले गठबन्धनमा सिट संख्याको निर्क्यौल लगाएर कार्यदलले काम गरिरहेको र पर्सिसम्म कुन पार्टीको कुन क्षेत्र भन्ने विषयको पनि टुङ्गो लाग्ने जिकिर गरे ।

प्रचण्डले आफूहरुसहित गठबन्धनका सबै दल चुनावी तयारीमा जुटिसकेको समेत बताए । नागरिकता विद्ययेक दोस्रो पटक समेत प्रमाणीकरण नगर्ने संविधानमा उल्लेख पनि नरहेको र राष्ट्रपतिलाई सो अधिकार समेत नरहेकाले राष्ट्रपतिले प्रमाणीकरण गर्ने यदि अव पनि नगरेको खण्डमा सो विषय अदालतमा गएर निश्कर्षमा पुग्ने अर्को बाटो रहेको उनले बताए ।

सो अवसरमा प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभाको आगामी निर्वाचनमा मधेश प्रदेशमा कुन क्षेत्र जित्ने निश्चित रहेको र कुनमा अलिकति मेहनत गर्दा जित्न सकिन्छ भन्ने लागेको छ भन्ने कुरा नेता कार्यकर्ताहरुसंग बुझेको बताइएको छ ।


Published :२० भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media