नागरिकता विधेयक प्रमाणित नगरे राष्ट्रपतिले राजीनामा दिनेः प्रचण्ड

राष्ट्रपाटी न्युज

२४ भाद्र २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरे राजीनामा दिने अवस्था आउन सक्ने बताएका छन् ।

पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले दुवै सदनले पारित गरेपछि राष्ट्रपतिले एकपटक फिर्ता गर्ने अधिकार संविधानले दिएको बताउँदै पुनः दुवै सदनले पारित गरेपछि संविधानअनुसार प्रमाणित गर्ने विश्वास व्यक्त गरे ।

प्रचण्डले अंगिकृत नागरिकताको विषयमा माओवादीको अग्रसरतामा नै सात वर्षको प्रावधान राज्य व्यवस्था समितिमा बहुमतले पारित गरिएको भए पनि त्यतिबेला सर्वसम्मत हुन नसकेको बताए ।


Published :२४ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media