सुनको मूल्य घट्यो

राष्ट्रपाटी न्युज

२८ भाद्र २०७९

काठमाडौं । आज नेपाली सुन चाँदी बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य १०० रुपैयाँले घटेको जनाएको छ ।

सोमबार तोलामा ३०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार १०० रुपैयाँले घटेको हो । मूल्य घटेसँगै छापावाल सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

साथै तेजाबी सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ रहेको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी महासंघका अनुसार मंगलबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको जनाएको छ । चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ कायम छ । यसअघि, विगत ३ दिनदेखि चाँदीको मूल्य स्थिर थियो ।


Published :२८ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media