
काठमाडौं । माध्यमिक बिधालय शिक्षक युनियन नेपाल (हिस्टुन) को काठमाडौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। आज पद्मोदय स्कुल पुतलीसडकमा भएको अधिवेशनबाट १३ सदस्यीय काठमाडौं जिल्ला समन्वय समिति गठन गरिएको हो। यज्ञ घिमिरेको अध्यक्षतामा बनेको कमिटिको उपाध्यक्षमा प्रकाश राज भट्टराई तथा अल्का शर्मा, सचिवमा सौरभ गौतम ,सहसचिवमा सुमन गौतम तथा कोषाध्यक्षमा इन्दिरा गजुरेल निर्वाचित भएका छन्। त्यसैगरि सुर्य प्रसाद गैरे ,पदम पौडेल ,सुजन सुबेदी , तेजेन्द्र पाण्डे ,कुशुम प्रधान ,रष्मिता ढकाल र देविका पौडेल सदस्यमा चयन भएका छन्।
साविक उच्च माविमा अध्यापनरत आम शिक्षकहरुको हक हितका लागि निरन्तर संघर्षरत हिस्टुन देशव्यापी रुपमा संगठन पुनर्निर्माणको क्रममा छ। आन्दोलनमा होमिएको यस संगठनले केहि दिन अघि देखि बिभिन्न आन्दोलनका कार्यक्रमहरु समेत संचालन गरिरहेको छ।