सुनचाँदीको मूल्यवृद्धि

काठमाडौँ । सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो । यससँगै छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ८ सय रुपैयाँ पुगेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११८० रुपैयाँमा कारोबार भइरहेको छ ।


Published :अशोज ४, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media