
काठमाडौं । नेकपा एमाले ओखलढुंगा-काठमाडौं सम्पर्क मंचले राजधानीको धुम्बाराही स्थित नवदुर्गा पार्टी भेन्युमा प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा ओखलढुंगाबाट काठमाडौं आएर बसोबास गर्ने नेकपा एमाले समर्थक नेता तथा कार्यकर्ताहरुको उपश्थिति रहेको थियो।
आउंदै गरेको बडा दशैं, सुभ दिपावली लगायत पर्वहरुको बिशेष अबसरमा आयोजना गरिएको कार्यक्रममा कार्यकर्ताहरुलाई प्रशिक्षण समेत दिइएको थियो। भर्खर सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा एमालेले बेहोर्नु परेको हार र पार्टी भित्रको अन्तरघात लगायत बिषयमा कार्यकर्ताहरुको मनोबल उच्च राख्न नेताहरुले आफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रममा प्रमुख अतिथि एबम नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेलले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए भने ओखलढुंगाका निबर्तमान माननीय यज्ञराज सुनुवार, सकुन्तला राज भण्डारी, अम्मिरबाबु गुरुङ ,किशोर अधिकारि, नानिबाबु बुढाथोकी, शंकर राज कार्की, केदार पुडासैनी लगायतले आफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले स्थानीय तहको निर्वाचनमा ओखलढुंगा जिल्लामा भएको टिकट वितरण र बेहोर्नु परेको हारलाइ लिएर व्यापक टिप्पणी गरेका थिए। स्थानीय तहमा भएको निर्वाचनमा एमाले भित्र भएको व्यापक घात अन्तरघातलाइ लिएर एक अर्का प्रति कटाक्ष गरिएको थियो। बरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेलले त स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घात पछि आफूलाई ओखलढुङ्गे भन्न समेत लाज लाग्न थालेको टिप्पणी गरेका थिए।
कार्यक्रममा निबर्तमान साम्सद एबम पुर्व प्रदेश मन्त्रि अम्मिर बाबु गुरुङले स्थानीय तहको निर्बाचन देखि आफू मन्त्रि हुँदा सम्मका बिबिध गतिबिधिको लामो भाषण गरेका थिए।स्थानीय तहमा टिकट वितरणमा आफूले एकलौटी ढंगले टिकट वितरण गरेको भनि आरोप लगाइएको भन्दै उनले आफू संग उक्त समयमा कसैले सरसल्लाह र समन्वय नगरेको भन्दै उक्त कुरा स्वीकारेका थिए। स्थानीय चुनावमा भएको घात अन्तर्घातलाइ पटक पटक जोड्दै उनले स्थानीय तहमा भएको टिकट वितरण गलत भएको भनि पार्टी केन्द्रिय सदस्यले नै पार्टी अध्यक्षलाइ रिपोर्टिंग गरेको भन्दै आक्रोश पोखेका थिए। सिधै नाम नलिए पनि उनको निशानामा निबर्तमान माननीय एबम केन्द्रिय सदस्य यज्ञराज सुनुवार थिए ,जो कार्यक्रम स्थलबाट ओखलढुंगा तर्फ लागिसकेका थिए।
उनले आगामी निर्वाचनमा आफू टिकट माग्न कुनै नेताको घरमा नजाने र जसले टिकट पाउँछ उसैलाई इमान्दार सहयोग गर्ने बताएका थिए। स्थानीय तह निर्वाचनको कहानी नदोहोर्याउने भन्दै उनले पार्टी भित्र एक माना एकताका साथ अगाडी बढे सजिलै चुनाव जितिने समेत दावी गरेका थिए।
आफू प्रदेश मन्त्रि भएको बेला गरेका बिबिध काम र बनाइएका बिभिन्न डिपीआरको लामो व्याख्या गर्दै उनले कार्यकर्ताहरुले त्यस्ता कामहरुको प्रचार प्रसार गर्न कन्जुसाई गरेको भन्दै आक्रोश पोखेका थिए। भएका कामको सहि ढंगले प्रचार प्रसार नहुने र जनताको बिचमा सहि ढंगले लान नसकिएको भन्दै उनि आक्रोशित समेत भएका थिए। बरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेल कै अगाडी उनले आफू संघीय साम्सदको टिकटको दावेदार भएको घोषणा समेत गरेका थिए।