न्युरोड क्षेत्रमा आजदेखि चार दिन गाडी प्रवेश निषेध

राष्ट्रपाटी न्युज

१० आश्विन २०७९

काठमाडौँ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने चापलाई ध्यान दिँदै चार दिनसम्म दिउँसोको समयमा गाडी प्रवेश निषेध गरेको छ।

कार्यालयले आज घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र १६ गते फूलपातीका दिन बिहान १० बजेदेखि बेलुकी चाप सामान्य नहुञ्जेलसम्मका लागि डाइभर्सन गरी खुल्लामञ्चमा पार्किङको व्यवस्था मिलाइएको जनाएको छ।

तोकिएको मिति र समयमा गाडी नलगी ट्राफिक व्यवस्थापनमा सहयोग गर्न ट्राफिक प्रहरीले गाडी चालकसँग अनुरोध गरेको छ । न्युरोड क्षेत्रमा दशैँ किनमेल गर्नेहरुको घुइँचो हुने भएकाले ट्राफिक प्रहरीले गाडी प्रवेशमा निषेध गरेको हो ।


Published :१० आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media