सेयर बजारमा एक अंकको वृद्धि

राष्ट्रपाटी न्युज

अशोज १२, २०७९

काठमाडौं । सेयर बजार बुधबार पनि सामान्य बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ४१ अंकले बढेर एक हजार आठ सय ३७ दशमलव ४६ विन्दुमा पुगेको छ ।

आज व्यापार, फाइनान्स, अन्य र म्युचल फन्डबाहेक अरू समूहको सेयर सामान्य बढेको छ । बजार सामान्य बढे पनि कारोबार रकम भने निकै घटेको छ । १३ लाख ७० हजार कित्ता सेयर ४८ करोड ५४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेसनल माइक्रोफाइनान्सको प्रमोटर सेयर चार करोड ७५ लाख रुपैयाँमा किनबेच भयो ।


Published :अशोज १२, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media