सुनचाँदीको मूल्यवृद्धि

राष्ट्रपाटी न्युज

अशोज १३, २०७९

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो ।

यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा पुगेको छ।

बिहीबार चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ११७० रुपैयाँमा कारोबार भइरहेको छ ।


Published :अशोज १३, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media