शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकममा भने गिरावट

राष्ट्रपाटी न्युज

१३ आश्विन २०७९

काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा बिहीबार दुई अंकको वृद्धि भएको छ ।

यस दिन नेप्से परिसूचक १६.२९ अंकले बढ्दै १८५३.७६ अंकमा उक्लिएको हो । तर, सूचकमा वृद्धि भए पनि सेयर कारोबार भने ६३ करोडमा नै सीमित भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार यस दिन कुल १७ लाख ९१ हजार ४८० कित्ता सेयर बजारमा १४ हजार २९८ पटक किनबेच हुँदा जम्मा ६३ करोड २४ लाख ७ हजार ६२८ रुपैयाँको कारोबार भएको छ ।  आज जीवन बीमा बाहेकका सबै उपसूचक धनात्मक भएका छन् ।

सबैभन्दा बढी माइक्रोफाइनान्स समूहको उपसूचक १.६५ प्रतिशतले बढेको छ भने इन्भेष्टमेन्ट समूह १.४३ प्रतिशतले, म्युचुअल फन्ड १.२६ प्रतिशतले, म्यानु एण्ड प्रो १.२४ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह १.१९ प्रतिशतले र बैंकिङ समूह १.०३ प्रतिशतले बढेको छ । अन्य समूह भने १ प्रतिशत भन्दा कमले वृद्धि भएका छन् ।

आज सबैभन्दा बढी अभियान लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९८ प्रतिशतले कमाएका छन् भने सामलिङ पावर कम्पनीका सेयरधनीले ७.९४ प्रतिशतले गुमाएका छन् ।


Published :१३ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media