काठमाडौं । हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।
शुक्रबार बिहान मधेस प्रदेश र बागमती प्रदेशलगायत देशको अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । गण्डकी र बागमती प्रदेशका पहाडी भुभागका एक/दुई स्थानमा हल्का वर्षा भईरहेको छ।
दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भुभागका एक/दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।