मौसम पूर्वानुमानः पहाडी भू-भागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

अशोज १६, २०७९

काठमाडौं । हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । आइतबार बिहान देशभर आँशिकदेखि सामान्य बदली रहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।


Published :अशोज १६, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media