एउटा पाको र एउटा युवा सारथी सहित डा भट्टराई चुनावी मैदानमा

राष्ट्रपाटी न्युज

अशोज २४, २०७९

काठमाडौँ। आगामी मंसिर ४ गते हुन गैरहेको निर्वाचनको लागि काठमाडौं क्षेत्र नम्बर ४ मा संघ र प्रदेश गरि ५० जनाले उम्मेद्वारी दर्ता गराएका छन्। हिजो सम्पन्न उम्मेद्वारी दर्ता गराउने कार्यक्रम अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ४ मा संघीय साम्सदको लागि बिभिन्न पार्टी एबम स्वतन्त्र सहित ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश तर्फ काठमाडौं क्षेत्र नम्बर ४ (क) मा ७ जना र (ख) मा ८ जनाले उम्मेद्वारी दर्ता गराएका छन्।

नेकपा एमालेको तर्फबाट काठमाडौँ क्षेत्र नं ४ मा प्रतिनिधिसभा तर्फ़ नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराईले मनोनयन दर्ता गरेका छन् भने क्षेत्र नं ४ (१ ) मा तेज प्रसाद ढकाल र ४ (२ ) मा जयराम थापाले प्रदेस सभा सदस्यको मनोनयन दर्ता गरेका छन् । प्रदेस सभा सदस्यको उम्मेदवार बनेका तेज प्रसाद ढकाल नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीका उपसचिव हुन् भने जयराम थापा जिल्ला कमिटी सदस्य हुन्।

लामो समय देखि राजनीतिमा सक्रिय पाको उमेरका तेज प्रसाद ढकाललाइ डा भट्टराईले प्रदेश (क)बाट आफ्नो सारथी चुनेका छन् भने त्यसै गरि प्रदेश (ख ) मा जल्दाबल्दा युवा व्याक्तित्व जयराम थापालाई चुनेका छन् ।

डा भट्टराईको यो रोजाइ कतिको सफल हुन्छ भन्ने कुरा त आगामी मङ्सिर ४ गते हुने निर्वाचन पछि मात्र भन्न सकिने छ।


Published :अशोज २४, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media