काठमाडौं । निर्वाचन आयोगले देशभर प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ ।यहि मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवारहरुलाई समेत चुनाव चिन्ह प्रदान गरिएको छ ।
काठमाडौं क्षेत्र नम्बर ४ मा स्वतन्त्र उमेद्वारहरुले बिभिन्न चुनाव चिन्ह पाएका छन्। स्वतन्त्र उमेद्वार अर्जुन प्रसाईले खुकुरी क्रस चुनाव चिन्ह पाएका छन्। त्यसैगरी हेम बहादुर बम्जनले घन्टाघर ,श्याम राज भेटवालले खरायो, शिवेन्द्र केसीले सुर्यमुखी फुल , दिनेश चौलागाईले हेल्मेट,काजि बहादुर कार्कीले क्यामेरा ,रुद्र प्रसाद पौडेलले पुतली,कृष्ण कुमार तामांगले जुँगा सहितको अनुहार,थर्क बहादुर बस्नेतले माछा ,नवराज थापाले ट्राफिक प्रहरी,महेश्वर केसीले अंगुरको झुप्पा,रविन्द्र देव ढकालले चेस बोर्ड,रुद्र प्रसाद पौडेलले पुतली,रोशन बर्माले डोजर,रोहित डंगोलले टि टेबल,शिवेन्द्र केसीले सुर्यमुखी फुल गरि १४ जना स्वतन्त्र उम्मेदवारले बिभिन्न चुनाव चिन्ह पाएका छन्।
बिभिन्न पार्टी र स्वतन्त्र गरि यस क्षेत्रमा ३१ जना व्याक्तिहरु आगामी निर्वाचनको लागि उमेद्वार बनेका छन्।
त्यसैगरी यस क्षेत्रको प्रदेश (क) मा १ जना स्वतन्त्र सहित ७ जना उमेद्वार बनेका छन्। यस प्रदेश सभा क्षेत्रमा स्वतन्त्र उमेद्वार इन्द्र बहादुर लामाले पंखा चुनाव चिन्ह पाएका छन्।
त्यसैगरी यस क्षेत्रको प्रदेश (ख) मा ३ जना स्वतन्त्र सहित ८ जना उमेद्वार बनेका छन्। यस प्रदेश सभा क्षेत्रमा स्वतन्त्र उमेद्वारहरु अमृता त्रिपाठीले पानीको धारा, कृष्ण कुमार भट्टराईले अनार र भुपेन्द्र भट्टराईले गुलेली चुनाव चिन्ह पाएका छन्।