सुनचाँदीको मूल्य घट्यो

राष्ट्रपाटी न्युज

अशोज २८, २०७९

काठमाडौं । आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार १०० र तेजावी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन तोला ९४ हजार २००  रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Published :अशोज २८, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media