सत्यमोहन जोशीको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोतः राष्ट्रपति भण्डारी

राष्ट्रपाटी न्युज

अशोज ३०, २०७९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको बताउनुभएको छ । उहाँले जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताउनुभयो ।

आज ट्वीट गर्दै उहाँले भन्नुभएको छ, ‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ ।’

सत्यमोहनको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको पनि उहाँले उल्लेख गर्नुभएको छ । ललितपुर निवासी संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररको क्रममा बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन निधन भएको हो ।


Published :अशोज ३०, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media