जोशीको शव नजलाइने, अध्ययनका लागि अस्पताललाई दिइने

राष्ट्रपाटी न्युज

अशोज ३०, २०७९

काठमाडौँ । वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको दाहसंस्कार नगरिने भएको छ । जोशीको शव नजलाई  अस्पताललाई अध्ययनका लागि हस्तान्तरण गरिने तयारी भइरहेको छ ।

शवलाई अस्पतालको प्रांगणमा श्रद्धाञ्लीका लागि राखिने पारिवारिक स्रोतले जानकारी दिएको छ । जोशीले मृत्यु अघि नै शरीर दान गरेका थिए ।

जोशीको दाहसंस्कार कसरी कसरी गर्ने भन्ने बारेमा परिवार र अस्पतालबीच छलफल भएको थियो । छलफलको क्रममा जोशीको शवलाई नजलाई अध्ययनको लागि अस्पतालमा राख्ने सहमति भएको हो ।

ललितपुर निवासी संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको हो । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररको क्रममा बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन निधन भएको हो ।


Published :अशोज ३०, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media