एक हजार घट्यो सुनको मूल्य

राष्ट्रपाटी न्युज

अशोज ३०, २०७९

काठमाडौँ । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँमा झरेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार ६ सयमा आइपुगेको छ ।

आइतबार चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ११६० रुपैयाँमा कारोबार भइरहेको छ ।


Published :अशोज ३०, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media