शताब्दी पुरुष जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले ओढाए राष्ट्रिय झन्डा

राष्ट्रपाटी न्युज

अशोज ३०, २०७९

काठमाडौँ । आइतबार बिहान उपचारका क्रममा निधन भएका वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।

जोशीको शरीर अन्तिम श्रद्धाञ्जलीका लागि अहिले ललितपुर महानगरपालिकाको प्रांगणमा राखिएको छ । सो अवसरमा प्रधानमन्त्री देउवाका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि ललिपुर पुगेर जोशीलाई श्रद्धाञ्जली दिएका छन् । अन्तिम श्रद्धाञ्जलीका लागि जोशीको शव ४ बजेसम्म महानगरमा राखिने र त्यसपछि भने किस्ट अस्पताललाई बुझाउने बताइएको छ । उनलाई राष्ट्रिय सम्मान दिइने गृह मन्त्रालयले निर्णय गरिसकेको छ ।


Published :अशोज ३०, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media