९.६९ अंकले घट्यो शेयर बजार, ८० करोड ३५ लाखको कारोबार

राष्ट्रपाटी न्युज

अशोज ३०, २०७९

काठमाडौं । हप्ताको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ९.६९ अंकले घटेर १८६०.०४ विन्दुमा अडिएको छ।

सेन्सेटिभ इन्डेक्स १.७२ अंकले घटेर ३६५.४२ विन्दुमा झरेको छ।  यस दिन ८० करोड ३५ लाख बराबरको सेयर कारोबार भएको छ ।

२२१ कम्पनीको  २५ लाख ७४ हजार कित्ता सेयर ८० करोड ३५ लाख २५ हजार ५३३ रुपैयाँमा खरिदबिक्री भयो ।

कारोबारमा आएका १३ वटै समूहमध्ये ११ वटाको सूचक राताम्मे देखिएका छन्। यसदिन बैंकिङको ३.३५ र म्यानु एण्ड प्रोको १३.८३ अंकले बढेको छ।

अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यस कम्पनीको सेयर मूल्य ९.९९ अंकले बढ्यो ।

कारोबार रकमका आधारमा एभरेष्ट बैंक शीर्षस्थानमा रह्यो । सो बैंकको ८ करोड ४७ लाख ५९ हजार रुपैयाँ बढीको सेयर कारोबार भयो ।


Published :अशोज ३०, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media