भक्तपुर । नेकपा एमाले भक्तपुर क्षेत्र नं २ का संविधानसभा सदस्यका उम्मेदवार महेश बस्नेतले विपक्षीभन्दा तेब्बर बढी मतले विजयी हुने दाबी गरेका छन् ।
स्थानीय पत्रकारहरुसँगको अन्तरक्रिया गर्दै उनले पछिल्लोपटक दोब्बर मतले विजयी भएकोमा योपटक तेब्बर बढी मतले विजयी हुने दाबी गरे ।
सता गठबन्धनले आफूलाई कुनै असर नपर्ने उनले बताए । ‘गठबन्धन नेताहरुबीच मात्रै छ । कार्यकर्ताबीचमा कुनै गठबन्धन छैन । हामी उही कार्यकर्ताहरुलाई भेटिरहेका छौं र उनीहरु हामीप्रति सकारात्मक छन्,’ उनले भने।
आफूले भक्तपुर क्षेत्र नं २ मा विकासको लहर ल्याएको तर त्यसलाई कांग्रेसले रोकेको आरोप लगाए । यही कारण आफ्नो मत अझ बढ्ने उनको दाबी थियो ।
उनले आफू विजयी भएमा भक्तपुरलाई भ्रष्टाचारमुक्त जिल्लाको रुपमा विकास गर्ने पनि बताए । भक्तपुरमा काम गर्दा एक पैसा पनि घुस दिन नपर्नेगरी सिंगो भक्तपुरलाई नै भ्रष्टाचारमुक्त जिल्ला बनाउने उनले दाबी गरे ।