काठमाडौँ महानगरद्वारा ३० दिनभित्र व्यवसाय दर्ता गर्न निर्देशन

राष्ट्रपाटी न्युज

कार्तिक २, २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालित व्यापार व्यवसाय ३० दिनभित्र दर्ता गर्नुपर्ने भएको छ ।

महानगरपालिकाको राजश्व विभागले सार्वजनिक सूचना जारी गरेर दर्ता गर्न भनेको हो । महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीले संघ र प्रदेश सरकारबाट इजाजत लिएको तर महानगरबाट अनुमति नलिइएको पाइएको सूचनामा उल्लेख छ ।

महानगरले नजिकको वडा कार्यालयमा गएर व्यवसाय दर्ता भनेको छ ।

महानगरमा दर्ता नगराइ व्यवसाय सञ्चालन गरेमा बन्द गरी जरिवानासमेत असुल गर्ने चेतावनी महानगरले दिएको छ ।


Published :कार्तिक २, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media