सुनचाँदीको मूल्य घट्यो

राष्ट्रपाटी न्युज

३ कार्तिक २०७९

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९३ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९२ हजार सात सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार एक सय ७० तोकिएको महासङ्घले जनाएको छ ।


Published :३ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media