प्रदेश–१, गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

कार्तिक १२, २०७९

काठमाडौँ । पश्चिमी वायुका कारण आज देशका पहाडी भू–भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश–१, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ ।

विभागका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव पाँच डिग्री र अधिकमत तापक्रम २४ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव दुई डिग्री र जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।


Published :कार्तिक १२, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media