प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

अशोज १५, २०७९

काठमाडौं । हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

शनिबार बिहान देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कर्णाली प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी र लुम्विनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


Published :अशोज १५, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media