सुनचाँदीको मूल्यवृद्धि

राष्ट्रपाटी न्युज

१५ कार्तिक २०७९

काठमाडौं । सुन र चाँदीको मूल्य बढेको छ । सुनचाँदीको मूल्य म‌ंगलबार बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

योसँगै छापावाल सुनको मूल्य ९३ हजार १००, तेजावी सुनको मूल्य ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य १२ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।

सोमबार छापावाल सुनको मूल्य ९३ हजार र चाँदीको मूल्य १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।


Published :१५ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media