काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । सेयर कारोबारको तेस्रो दिन नेप्से परिसूचक ५६.१० अंकले बढेर १०३०.९७ विन्दुमा पुगेको छ।
अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक १६.३९ अंकले वृद्धि भएको थियो । सो दिन २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँमा खरिदबिक्री भएको थियो।
नेप्से उच्च अंकले बढेसँगै कारोबार रकम पनि बढेको छ । आज २३१ कम्पनीको ३९ लाख ७१ हजार ५९४ कित्ता सेयर १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६४२ रुपैयाँमा खरिदबिक्री भयो ।
आज कारोबारमा आएका १३ वटै समूहको सूचक बढेका छन्। अदर्श समूहका लगानीकर्ताले ५.२८ प्रतिशतले कमाएका छन् ।
सो समूहको मूल्य ५.२८ प्रतिशतले बढ्दा ट्रेडिङको ४.५६, हाइड्रोपावरको ४.३७ र इन्भेस्टमेन्टको ४.१७ प्रतिशतले मूल्य बढेको हो ।
फाइनान्सको ३.९५ र मनु एन्ड प्रोको ३.३३ प्रतिशतले मूल्य बढ्दा माइक्रो फाइनान्सको २.१९,लाइफ इन्स्योरेन्सको २.०१,नन लाइफ इन्स्योरेन्सको २.४२, होटल्स एन्ड टुरिजमको २.०९ र बैंकिङ समूहको २.२ प्रतिशतले मूल्य बढ्यो ।
यस दिन न्यादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत र युनिभर्सल पावरको ९ प्रतिशतले मूल्य बढ्यो ।
कारोबारको आधारमा एनआईसी एसिया बैंक अग्रस्थानमा रह्यो । सो बैंकको ६ करोड ६५ लाख ६० हजार २१५ रुपैयाँ सेयर कारोबार भयो ।
सोमबार पनि सोही बैंक शीर्षस्थानमा रहेको थियो । सो दिन ६ करोड १७ लाख २१ हजार २३२ रुपैयाँको सेयर कारोबार भएको थियो ।