काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
सोमबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
मंगलबार पनि देशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।