सीता दाहालको स्वास्थ्य अवस्था जटिल

राष्ट्रपाटी न्युज

२१ कार्तिक २०७९

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था पुनः जटिल बनेको छ । केही समयअघिमात्र अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि पुनः अस्पताल भर्ना गरिएको हो ।

उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ । सीतालाई शनिबार भर्ना गरिएको थियो । उनी लामो समयदेखि जटिल रोग पार्किन्सनबाट पीडित छिन् । यसअघि १५ दिन अस्पताल राखेर कात्तिक १४ गते सीतालाई डिस्चार्ज गरिएको थियो ।

प्रचण्डकी छोरीसमेत रहेकी उनको सचिवालयकी सदस्य गंगा दाहालले पनि आफ्नी आमाको स्वास्थ्य लाभको कामना गरेर सामाजिक सञ्जालमा तस्बिर राखेकी छिन् ।


Published :२१ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media