छुवाछुतका नाममा विभेद गरिनु गलतः अध्यक्ष ओली

राष्ट्रपाटी न्युज

२४ कार्तिक २०७९

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छुवाछुत प्रथालाई बन्द गरिनुपर्ने बताएका छन् ।

गृहजिल्ला झापा क्षेत्र नम्बर ५ मा आयोजित एमालेको चुनावी कार्यक्रमलाई बिहीबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले भने, ‘मान्छेलाई अझै पनि हेप्नु गलत हो। हाम्रा सन्ततिलाई दक्ष बनाऊँ, कसैले हेप्दैन । मुसो घरभित्र पस्छ। तर मान्छेलाई छुवाछुतका नाममा विभेद गरिनु पाखण्ड हो, नचाहिने कुरा हो।’

अध्यक्ष ओलीले आफूले बालककालमै पनि मैले घरमा मुसो पस्छ मान्छे पस्दा छोइन्छ भन्ने खोपडी परिवर्तन गरिनुपर्ने बताएको स्मरण गरे । उनले भने, ‘घरमा बिरालो छ तर मान्छेलाई तल ठान्छन् । छुवाछुतविरुद्ध मैले बोल्दा छक्क पर्थे । आङ र टाउकामा जुम्रा बोकेर हिँड्ने अनि मान्छे पस्दा छोइने भन्छन् । लामखुट्टे बेडमा आएर डेंगु फैल्याउँछ । तर मानिसलाई घरभित्र पस्न नदिने छुवाछुत हाँस्यास्पद कुरा हो । मानिसलाई अपमान गर्ने काम अब रोकिनुपर्छ।’


Published :२४ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media